हुम्ला जिल्लाको सदरमुुकाम सिमिकोट बाट ७ कोष टाढा पर्ने राया गा.वि.स. वडा न. ३ मा वि.संं. २०२६ सालमा जन्मिएकी झिर्कुली रावल उनि एकदमै गरिब परिवारमा जन्मीनु भएको थियो । उहाँलाई १५ वर्षमै मागी विवाह भएको थियो । उनको वैवाहिक समबन्ध पनि एक दमै गरिब परियारमा भएको थियो । उहाँले भन्नु भयो ”घर फेरियो कर्म फेरिएन “ उहाँको पारिवारिक विवरण एक छोरा एक बुहारी रहेका छन् । उहाँ २० बर्षको उमेरमा उनको छोरा जन्मेको थियो उनको छोरा १० वर्ष नपुग्दै उनको श्रीमान मृत्यूु भएको थियो । उनको घरको आर्थिक स्थिती एकदमै नाजुक रहेको छ । उहाँले भन्नु हुन्छ राँरी(विधवा) आईमाईलाई सबैले हेप्ने गर्छन् । नमेरो कुरा लाग्छ नसमाजमा उभिन दिन्छन् । राया गा.वि.स.मा मैथै मैथे (धेरै,धेरै)संस्था लागु भया छन् तर ति संस्था र महिला विकास बाट खोलेका सहकारी संस्था आमा समुहमा पनि मलाई राख्दैनन् । गरिव र होचा मान्छे त नहुनु रैछ भन्नु हुन्छ ।
उहाँले यसै गरि जी.एफ.को आर्थिक सहयोगमा सेडा नेपालको नेतृत्वमा महिला कल्याण सेवा हुम्ला द्धारा संञ्चालीत कर्णाली क्षेत्रमा सुशासन तथा परिवर्तनका लागि आवाज उठाँउ मौनता तोडौ कार्यक्रम अन्तरगत स्थानिय शासनमा जवाफदेहिता र पारदर्शिता प्रवद्धनको लागि नागरिक शिक्षा तालीममा मलाई सहभागि गरिदिया यही तालीममा मैले मान्छेहरु संग बस्न पाए पहिला दिनत एक दमै लाज लाग्ने भयो तीन दिन सम्म बस्दा तालीममा मैले नागरीक शिक्षा ,मौलिक अधिकार, सुशासन ,महिला अधिकार,विवाह दर्ता,जन्म दर्ता, मृत्यु दर्ता बारेमा थाँहाँ पाए एकल महिला ले पाउने भताको बारेमा थाहा पाए मु (म) पनि आईमाई वा महिला हुँ यईथा (यस्ता) राम्रा राम्रा कुरा हुदा रह्याछन् (रहेछन् ) तालीममा निका निका(राम्रा रामा्र) कुरा सिकिदा भया(रैछन्) छन् । यइथ्ौ (यस्तै) तालीममा मलाई पोरपरार (पहिले)देखि बसाल्यात (वसालेको भए) म मैथै (धेरै) कुरा जानील्ने भएछु (जान्ने रहेछु) उहाँले भन्नु भयो । एकल महिला लाई श्रीमान मरेको दिन बाटै भत्ता पाईदो रहेछ मेरो श्रीमान मरेको १५ वर्ष भईसक्यो मैले त भरखर १ वर्ष भयो एक्कल महिला भत्ता पाएको यस्ता कुरा पहिला थाहा पाएन अहिलेका एकल महिला लाई श्रीमान वितेको ३५ दिन भित्र मृत्यु दर्ता गराउ एक्कल महिलाको भत्ता एक महिनामा ५०० पाउदो रैछ भन्छु भनेर उहाँले कुरा थप्नु भयो । अनि मेरो छोराको विवाह पनि २०७२ भएको थियो अहिले सम्म विवाह दर्ता गरेको थिएन यो तालीममा मैले विवाह दर्ताको बारेमा थाहा पाईसके पछि मेरा छोरा बुहारीको विवाह दर्ता पनि गरि दिएको छु ।
यही तालीम बाट सिकेका कुरा मेरा घर परियार देखि अरु मेरा वडाका महिला दिदि बहिनी सबैलाइ विवाह दर्ता नगरेकालाई विवाह दर्ता गर्नु पर्छ, जन्मेको ३५ दिन भित्र जन्म दर्ता गराउनु पर्छ श्रीमान वितेको दिन देखि नै मृत्यु दर्ता गराउनु पर्छ भनी दिन्छु अबदेखि म गा.वि.स.मा रहेका सरकारी तथा गैह सरकारी संस्था बाट हुने कार्यक्रमा सहभागि हुन्छु । गा.वि.स. बाट पाउने सेवा सुविधा बारे जानकारी दिन्छु भन्नु भयो उहाँले ।

संकलक
बिष्णु रोकाया
सुशासन तथा जवाफदेहिता अधिकृत
महिला कल्याण सेवा
हुम्ला

Categories: